सोलुखुम्बु माओबादी केन्द्रको अध्यक्षमा असिम राई

सोलुखुम्बु माओबादी केन्द्रको अध्यक्षमा असिम राई

काठमाण्डौ । सोलुखुम्बु नेकपा माओबादी केन्द्रको अध्यक्षमा पार्टी सचिव असिम राईलाई जिम्मेवारी दिएको छ ।

आज बसेको नेकपा माओबादी केन्द्रको १ नम्बर प्रदेश कमिटिको दोस्रो पूर्ण बैठकले राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको हो ।

पहिलाको जिल्ला कमिटीको पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै थुलुङ दुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष समेत रहेका राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको हो ।

सचिवको जिम्मेवारी भने जिल्ला कमिटीको पहिलो बैठकले टुंग्याउने छ । प्रदेश कमिटी बैठकले पार्टी सह–ईन्चार्जको जिम्मेवारी प्रदेश किमिटि सदस्य ठमनाथ पराजुली ध्रुव लाई दिएको छ ।

लामो समय जिल्लाको नेतृत्वमा रहेका निवर्तमान अध्यक्ष गोम्बु शेर्पा कज्र्याङले पार्टी भित्रै नेतृत्व हस्तान्तरणका लागि पनि अध्यक्षमा राईलाई अगाडी सारिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका