Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अपराध नियन्त्रणका लागि दस्ता बनाएर काम सुरुः एसपी थापा – Gaule Khabar

अपराध नियन्त्रणका लागि दस्ता बनाएर काम सुरुः एसपी थापा

अपराध नियन्त्रणका लागि दस्ता बनाएर काम सुरुः एसपी थापा

चितवन, मंसिर १६–

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी विषेश दस्ता बनाएर काम सुरु गरेको छ । चितवनमा कुनै पनि आपराधिक घटना घट्न नदिनका लागी तीन वटा दस्ता खडा गरेर अप्रेसन सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका नयाँ प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।
घटना अनुसार सेक्टर छुट्याएर दस्ता बनाइएको उनले बताए । आजको कायाकैरन दैनिकमा खबर छ । घटना घट्न नदिन विषेश दस्तानै वनाएर काम सुरु भईसक्यो इलाका प्रहरी कार्यालय खैरहनीमा बुधबार आयोजित परिचयात्मक तथा सुझाव संकलन कार्यक्रममा प्रहरी उपरिक्षक थापाले भने,“यसमा तपाईहरुको साथ चाहिन्छ ।”

आफु चितवन आईसकेपछिको तीन दिनको समयमा केही उपलव्धी हासिल भईसकेको थापाले बताए । “पहिलो दिन चुनौतिनै देखेको थिए”, प्रहरी उपरिक्षक थापाले थपे,“विषेश दस्ता परिचालनबाट केही उपलव्धी हासिल भईसक्यो, नयाँ समाचार छिट्टै सुन्न पाउनु हुनेछ ।” जिल्ला प्रहरी कार्यालय चितवनमा पहिलो दिन आफुले चुनौतीको महसुस पाएको भएपनि सबैबाट डाढस पाएकाले अवसरको रुपमा लिएको उनले सुनाए । जिल्ला प्रहरी कार्यालय चितवनले उत्कृष्ठको पुरस्कार पाईसकेकाले त्यसको शाख गिर्न नदिने प्रहरी उपरिक्षक थापाले प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका