Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विदेशको सपना देखाउनेलाई १० वर्ष कैद – Gaule Khabar

विदेशको सपना देखाउनेलाई १० वर्ष कैद

विदेशको सपना देखाउनेलाई १० वर्ष कैद

चितवन, मंसिर १६–

रापेछाप रस्नालुका चार चेलीहरु विदेशको सपना बुन्दै गत माघ ४ गते काठ्माण्डौ पुगे । उनीहरुलाई किर्गिजिस्तान पुर्याइदिने भनि आश्वासन दिएका व्यक्तिले अर्को व्यक्ति मार्फत उनीहरुसँग भेट्ने जानकारि गराए । बेरोजगारीको समस्या झेल्दै आएका उनीहरु राम्रो कमाइ हुने आशा बोक्र्दै पखाईमा बसे ।
राहदानी तथा आवश्यक कागजपत्र लिएपछि चार चेलीहरुलाई भारत हुँदै जाने भन्ने योजना सुनाइयो । उनीहरु मान्न तयार भए । नारायणगढको एक होटलमा उनीहरु बसे । सँगै भारत जाने भनेका ति व्यक्तिहरु नआएपछि बेचिन लागेको हो कि भन्ने आशंका उनीहरुमा पैदा भयो । प्रहरीलाई खबर गरे । भारतहुदै किर्गिजिस्तान लैजाने योजना सहित बेच्ने जाल बुन्दै गरेकाहरु दिउसो १ बजे नारायणगढ आइपुगे । उनीहरु आफै प्रहरी जालमा परे । उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले थुनामा राख्यो । पीडित पक्षले गत फागुन २ गते अदालतमा अभियोगपत्र दायर गर्यो । पीडित तथा अरोपीको बयान लिने काम भयो । आजको कायाकैरन दैनिकमा खबर छ ।
मानव बेचविखनको कार्यमा संलग्न भएको भन्दै अदातले सजाय तोक्यो । जिल्ला अदालत चितवनका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार यहि १४ गते न्यायाधिस उमानाथ गौतमको इजलासले अभियुक्तहरुलाई सजायँ सुनाइएको छ । स्याङजा पञ्चमुल ९ का राजु गुरुङ, धादीङ गजुरी २ का दयाराज कँडेल, भरतपुर उपमहानगरपालिका मंगलपुरका सञ्जय तामाङ, तनहुँ केशवटार २ का तुलराम थापाले १० वर्षे कैदी जीवन विताउनुपर्ने गरि सजाय सुनाइएको छ । उनीहरुले ५० हजार जरिवाना समेत तिर्नुपर्ने गरि मुद्धाको किनारा लागेको छ । पीडित पक्षलाई १५ हजार जनही क्षतिपुर्ति दिनुपर्ने आदेश समेत अदालतले दिएको छ । जिल्ला अदालत चितवनमा यो वर्ष ३ वटा मानववेचविखनका मुद्धा दायर भएका छन् । गत वर्ष ८ वटा मुद्धा दायर भएकोमा ३ वटा फैसला भएका थिए ।

रक्सीले पुर्यायो १० वर्ष जेल

रक्सीले मातिएपछि चिनजानेको व्यक्तिलाईनै बलात्कार गरेका कालिका नगरपालिका पदमपुरका २२ वर्षीय वीरेन्द्र महतोले जेल पुगेका छन् । उनीविरुद्ध अपाङ्ग तथा अशक्त २७ वर्षिय यूवतिलाई भदौ ९ गते उनले जवरजस्ति करणी गरेको अभियोगपत्र जिल्ला अदालतमा दायर भएको थियो ।
घर ढलानको काम गर्ने वीरेन्द्र घरेलु मदीरा सेवन पश्चात अनियन्त्रित भई पैदल हिड्दै घर जादै थिए । राती ८ बजे बाटोमा यूवति देखिएपछि उनले नजिकैको केराबारीमा लगेर करणी गरेको स्वीकार गरेका छन् । न्यायाधिस नारायण प्रसाद सुवेदीको इजलासले उनी विरुद्ध १० वर्ष कैद सजाय सुनाएको छ । मुलुकी ऐन जवरजस्ती करणीको महल बमोजिम ५ वर्ष कैद र पीडित अपाङ्ग, अशक्त भएकाले थप ५ वर्ष सहित १० वर्ष जेल सजाय सुनाइएको अदालतका सुचना अधिकारी कृष्णप्रसाद बरालले जानकारि दिए । पीडित पक्षलाई नेपाल सरकारको तर्फबाट ५० हजार रुपैयाँ क्षतिपुर्ति बापत भराईदिने समेत फैसला भएको छ । अदालतले मानव बेचविखन, जवरजस्ति करणीका मुद्धाहरु निरन्तर सुनुवाईमा राखेर मुद्धाको किनारा लगाउने गरिदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका