काठमाडौं । माप्यदुधकोशी गाउँपालिका वडा न. १, ३, ४ र ७ ले काठमाडौमा बसोबास गर्ने वडाबासिको लागि दुइदिने दिने घुम्ती शिबिर सञ्चालन गरेको छ ।
काठमाडौंको टुसालस्थित सेभच्याईस क्याफेमा आज (बुधबार)बाट शुरु गरिएको शिबिर भोलि सम्म सन्चालन हुने आयोजक कमिटिले जनाएको छ ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्विकिरण राई, उपाध्यक्ष गौरब राई, नि. प्रशासकीय प्रमुख जितेन्द्र कुमार यादब, वडाध्यक्ष सज्जन राई, अमित राई, भक्त राई र सगुतिज राईको उपस्थितिमा सुरु भएको शिबिरमा जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत रसिद जस्ता सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।