Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अंगकृतलाई ल्याएर मधेशी थारुलाई विस्थापित गर्ने षणयन्त्र हुदैछ ःपोख्रेल – Gaule Khabar

अंगकृतलाई ल्याएर मधेशी थारुलाई विस्थापित गर्ने षणयन्त्र हुदैछ ःपोख्रेल

अंगकृतलाई ल्याएर मधेशी थारुलाई विस्थापित गर्ने षणयन्त्र हुदैछ ःपोख्रेल

नेपालगन्ज,मंसिर २७-

नेकपा एमालेका महासचिव इश्वर पोख्रलेले अंगकृतको नाममा नेपालमा स्थानिय मधेशी थारु समुदायलाई विस्थापित गर्ने षणयन्त्र भैरहेको वताउनु भएको छ ।उहांले अंगकृतले पनि राज्यका महत्वपुर्ण पदमा वस्न पाउनुपर्ने माग त्यहि अनुरुप आएको वताउनु भयो ।आज नेपालगन्जमा मोर्चा संगठनका प्रमुखहरुको भेलालाई सम्वोधन गर्दै उहांले नेपालमा भाषा,धर्म र जात विशेषका नाममा द्धन्द्ध फैलाउने तत्व सक्रिय रहेको वताउनु भयो ।

नेपालमा संविधान वनाउन नदिने,वनिसकेपछि किन वनायौ भन्ने हरु यतिवेला कार्यान्वयन हुन नदिन लागिपरेको पोख्रेलको आरोप छ ।उहांले अनुभव र औचित्यका आधारमा मात्र संविधान संसोधन गर्न सकिने तर्क गर्नुभयो ।

यस्तै सोहि भेलालाई सम्वोधन गर्दै एमाले सचिव गोकर्ण विष्टले सवै प्रदेशलाई पहाडवाट अलग गर्ने उदेश्यका साथ संविधान संसोधन आएको वताउनु भयो ।देश र जनताको हितमा नरहेको संसोधन पास नहुने विष्टको भनाई छ ।

iswor

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका