Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटकीय गाउँको वृत्तचित्र तथा पर्यटकीय गीत – Gaule Khabar

पर्यटकीय गाउँको वृत्तचित्र तथा पर्यटकीय गीत

पर्यटकीय गाउँको वृत्तचित्र तथा पर्यटकीय गीत

पोखरा, मंसिर २६ –

कास्की जिल्लाको पर्यटकीय गुरुङ गाउँ भिज्कु ङ्हथर ९विजयपुर पाँचथर०को ऋतुकालीन वृत्तचित्र तथा पर्यटकीय गीत “शीतसार” बजारमा आएको छ ।

सो गाउँकोे वृत्तचित्र तथा गीतमा कृष्णकुमार तमुको रचना, सङ्गीत र निर्देशन, रजनी राईको गायन, धनबहादुर तमुको सङ्गीत संयोजनसहित विभिन्न कलाकारको प्रस्तुति रहेको छ भने सम्पादन सर्वज्ञमान शाक्यले गर्नुभएको छ ।

वृत्तचित्र तथा पर्यटकीय गीत निर्माण समितिका अध्यक्ष मानकाजी तमुले वृत्तचित्र तथा गीतले पर्यटकीय गाउँको चिनारीका साथै यहाँको सौन्दर्यलाई विश्व माझ उजागर गराउने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण समितिका सचिव कृष्णबहादुर तमुका अनुसार वृत्तचित्र तथा गीत निर्माणका लागि यस क्षेत्रका डिही, गैरी, पोखरी, खमगले र डाँडा गाउँका बासिन्दाबाट रु पाँच लाख ४९ हजार ३१३सङ्कलन भएकामा रु पाँच लाख ११ हजार ७४२ खर्च भई रु३७ हजार ५७१ बचत भएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका