Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सकियो खेलकुद तथा व्यापार महोत्सव – Gaule Khabar

सकियो खेलकुद तथा व्यापार महोत्सव

सकियो खेलकुद तथा व्यापार महोत्सव

मकवानपुर, मंसिर १६–

मकवानपुरमा राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सवमा १५ करोड रुपैयाँ बराबरको कारोबार तथा तीन लाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको खेल क्षेत्र र पत्रकारिताको विकास गर्नका लागि आयोजना गरिएको मेला आगामी वर्ष मंसिरमा पनि गर्ने आयोजकले प्रतिबद्धता जनाएको छ । “हामीले गतवर्षबाट सुरु भएको अन्तर्राष्ट्रिय फुटबल गोल्डकपलाई निरन्तरता दिन आयोजना गरेको मेला सफल भएको छ’, आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्कीले भने ।

मेलामा विशेष गरी अटो, कपडा, भाँडाकुँडा तथा दैनिक प्रयोगमा आउने सामानहरु खरिद गर्नेको संख्या बढी रहेको बताइएको छ । राष्ट्रिय व्यापार महोत्सवसहित पाँचवटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो । महोत्सवको समापन समारोहमा प्रमुख जिल्ल अधिकारी नारायणप्रसाद दुवाडीले आयव्ययको विवरण पारदर्शीढंगबाट सार्वजनिक गरेर सबैलाई मेलाप्रति अपन्तव्य महसुस हुने वातावरण तयार पार्न आग्रह गरे । उनले अन्तर्राष्ट्रिय फुटबल गोल्डकको तयारी जुट्न पनि आग्रह गरे । महोत्सवभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्ततीमा दैनिक रहेको थियो । आयोजकले मेलामा रातिको समयमा पनि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालनका लागि तयार पारेको आकर्षक स्टेजका लाइटको कारण साँझको समयमा पनि दैनिकजसो सांगीतिक कार्यक्रम भएको थियो । महोत्सवमा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षक थिए ।

मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुतिले सबैको मन जितेको थियो ।नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको महोत्सवमा फुल कन्ट्याक्ट कराँते, भलिबल कुस्ती, म्याराथन र तेक्वान्दो खेलको राष्ट्रियस्तरको प्रतियोगिता महोत्सवभर सञ्चालन भएको थियो । महोत्सवको विशेष आकर्षणको रुपमा कुस्ती प्रतियोगिता रहेको थियो । मेला समापन समारोहमा आयोजक प्रतिष्ठान उपाध्यक्षद्वय सविन भट्टाचार्य, विशला घोष, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सना, सल्लाहकार तथा शिक्षासेवी पुरणबहादुर जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान गठन भएको हो । उक्त प्रतिष्ठानले गतवर्षको मकवानपुरको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल गोल्डकप आयोजना गरेको थियो । मेला समापनको दिनमा नेपालकी चर्चित पप गायिका तथा नेपाली ‘शाकिरा’ इन्दिरा जोशीले आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका