Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मंसिर अन्तिमदेखि ट्याक्सी चढ्दा बिल पाइने – Gaule Khabar

मंसिर अन्तिमदेखि ट्याक्सी चढ्दा बिल पाइने

मंसिर अन्तिमदेखि ट्याक्सी चढ्दा बिल पाइने

काठमाडौं, मंसिर १६–

भाडाका ट्याक्सीमा बिल प्रिन्ट हुने व्यवस्था लागू हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले मिटर ट्याक्सीमा कम्प्युटर विलिङ प्रणाली लागू गर्न गत भदौ २३ गते निर्देशन दिएका थिए । त्यही निर्देशनअनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागले मंसिर अन्तिमदेखि ट्याक्सीमा बिल प्रिन्ट हुने व्यवसथ परीक्षणका रुपमा लागू गर्ने योजना बनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा परीक्षणका रुपमा लागू गरिने र त्यसपश्चात क्रमिक रुपमा देशभर लागू गर्ने योजना रहेको बताए । मंसिर अन्तिमदेखि उपत्यकामा ट्याक्सी चढेपछि उपभोक्ताले प्रिन्टेड बिल पाउने वातावरण बन्ने विभागले जनाएको छ ।

कम्प्युटर विल पाउने भएपछि उपभोक्तालाई आपू ठगिएको लागेमा ट्राफिक प्रहरीमा उक्त विलका आधारमा उजुरी गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका