Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जित्यो – Gaule Khabar

रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जित्यो

रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जित्यो

काठमाडौँ, मंसिर २९ –

नेपाल आर्मी एले अन्तर क्लबस्तरीय रग्वी सेभेन्सको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टोलीलाई शुन्यका बिरुद्ध पाँचले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा समाप्त भयो । अधिकांश राष्ट्रिय टिमका खेलाडी रहेको गोर्खाली क्लब दोस्रो हाफमा आर्मीसँग निरह बन्यो । दोस्रो हाफको सुरुवातमै आर्मीले ट्राई गर्न सफल भयो । आर्मीका रमित कुमालले ट्राइ गर्दै अग्रता दिलाए ।

त्यसपछि प्राप्त कनभर्जन किक प्रहार गर्न आर्मी असफल भएपछि पाँच स्कोर मात्र प्राप्त ग¥यो । तर बाँकी समयमा गोर्खालीले ट्राइ गर्न नसके पनि पाँच स्कोरनै आर्मीको जितका लागि पर्याप्त भयो ।

प्रतियोगितामा गोर्खालीका नवीन गिरी उत्कृष्ट खेलाडी घोषित भए । गिरीले पाँच ट्राइ गर्दै सर्वाधिक २५ स्कोर गरेका थिए । पुरुषतर्फ काभे्रको आकाश भैरव क्लब तेस्रो भयो ।

त्यसैगरी महिलातर्फको खेलमा गोर्खाली रग्वी क्लबले उपाधि जित्यो । फाइनल खेलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी क्लबलाई १७ का बिरुद्ध २०¬ स्कोरले हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो ।

महिलातर्फ उत्कृष्ट खेलाडी काठमाडौँकी मनिषा थापामगर चुनिन । प्रतियोगिताको विजेता टोलीले ट्रफी तथा मेडल र दोस्रो हुने टोलीले मेडल प्राप्त गरे । प्रतियोगिताको विजेतालाई नेपाल रग्वी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङ र उपाध्यक्ष गोविन्द भट्टराईलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

लिग कम नकआउटका आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका