सोलुखुम्बु-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा बिष्णु खालिङ
काठमाडौ । नेकपा (माओवादी केन्द्र), सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु खालिङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्लाका मुख्य नेताहरूको विशेष उपस्थितिमा शनिवार सम्पन्न पाँचौ सम्मेलनले खालिङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षहरूमा फुरा याङ्जी शेर्पा, गणेश कुलुङ र हरि प्रसाद राई चयन भएको […]