काठमाडौ । नेकपा (माओवादी केन्द्र), सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु खालिङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्लाका मुख्य नेताहरूको विशेष उपस्थितिमा शनिवार सम्पन्न पाँचौ सम्मेलनले खालिङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षहरूमा फुरा याङ्जी शेर्पा, गणेश कुलुङ र हरि प्रसाद राई चयन भएको छ । सचिवमा शिशिर देब राई, सहसचिवमा राम तामाङ र कोषाध्यक्षमा चन्द्र राई सर्वसमत निर्वाचित हुनुभएको पार्टीका नेता प्रकाश खालिङले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिमा झरणा किराती, लाक्पा सोनाम शेर्पा, शहरमा राई, रमेश राई, बिनोद कार्की, अशन बाबु जमरकट्टेल, चतुरमान राई, प्रविन राई, सुस्मिता कुलुङ, रमेश कुमार कार्की, आसपूर्ण राई, सुनिल बस्नेत र अम्बिरकाजी बिकलगायत सदस्यहरू छन्।
सम्मेलनको समापनमा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै उनीहरूको कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।
नेताहरूले समितिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै गाउँ र शहरको सहकार्यलाई अझ सशक्त बनाउने लक्ष्य राखेको बताइएको छ ।