Gaule Khabar
आइतवार, मंसिर ११, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

प्रचण्ड र अर्थमन्त्री शर्मा सोलुखुम्बु आउँदै

प्रचण्ड र अर्थमन्त्री शर्मा सोलुखुम्बु आउँदै

सोलुखुम्बु । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोज ३ गते जिल्ला सोलुखुम्बु आउने हुने भएको छ ।  थुलुङ दुधकोशीमा सन्चालन हुने ५० शैय्याको दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक पक्की भवन र  दुधकोशी बहुप्राविधिक शिक्षालय भवन एकसाथ उद्घाटन गर्नेगरी उहाँ सोलुखुम्बु आउन लागेको माओवादी केन्द्र, सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक तथा थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए ।

कार्यक्रममा प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसम’, सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, पुर्व मन्त्री बलबहादुर केसि लगायत कार्यक्रममा उपस्थीत हुने अध्यक्ष राईले बताए । उद्धघाटन कार्यक्रमको ९५ प्रतिशत तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ