एमालेले समानुपातिक तर्फका उम्मेदवारको टुङ्गो लगायो

एमालेले समानुपातिक तर्फका उम्मेदवारको टुङ्गो लगायो

काठमाडौ  । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘बैठकले मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा अन्तरगतको चालिस प्रतिशतले हुने समानुपातिकतर्फ हुने उम्मेदवारको नामावली प्रस्ताव गरेर पारित गरिएको छ।’ गुरुङका अनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाका लागि २२० जनाको नाम टुङ्गो लागेको हो।

‘बैठकमा प्रस्ताव भएका नामको तर्फबाट आदिवासी, जनजातितर्फ ३२, खर्स आर्यतर्फ ३४, थारुतर्फ सात, दलिततर्फ १५, मधेशीतर्फ १७ (नौ महिला र ८ पुरुष),  मुस्लिमतर्फ पाँच (३ महिला र २ पुरुष)। त्यसैगरी महिला ५७ जना हुने गरेर ११० समानुपातिकतर्फका उम्मेदवारको नाम तय गरेको छौँ ’, गुरुङले भन्नुभयो।

एमालेले प्रदेश नम्बर १ का लागि २० जना महिला नकट्ने गरेर ३७ जनाको नामको सूची तयार पारेको छ। मधेश प्रदेशको लागि २३ जना महिला नघट्ने गरेर ४३ जनाको नामावली पठाएको उहाँको भनाइ छ। बागमती प्रदेशको लागि आदिवासी जनजाति २३, महिला १२  र पुरुष ११ जनाको नाम सिफारिस भएको छ। त्यस्तै खसआर्यतर्फ १६, महिला आठ, पुरुष आठ, थारुतर्फ एक जना महिला, दलिततर्फ ३ जना (दुई महिला र एक पुरुष), मधेशी र मुस्लिमतर्फ एकएक जना महिलाको नाम सिफारिस भएको छ।

गण्डकी प्रदेशका लागि आदिवासी, जनजातितर्फ २३ जना (१२ महिला, ११ पुरुष), खस आर्यतर्फ नौ जना (पाँच महिला र चार पुरुष) को नाम सिफारिस भएको छ। त्यस्तै दलिततर्फ ४ जना (दुई महिला र दुई पुरुष) सिफारिस भएका छन्।

गण्डकी प्रदेशको २४ जनाको नामावली तयार भएको छ। त्यसमा महिला १३ जना रहने व्यवस्था गरिएको छ। त्यस्तै लुम्बिनी प्रदेशको लागि आदिवासी जनजातिको तर्फबाट सात जना (चार महिला, तीन पुरुष), खसआर्यतर्फ १७ जना (नौ महिला र आठ पुरुष), थारुतर्फ पाँच जना (तीन महिला र दुई पुरुष),  मधेशीमा पाँच जना (तीन महिला र दुई पुरुष), मुस्लिममा ३ जना (दुई महिला र एक पुरुष) गरेर महिला २० जना नघट्ने गरेर ३५ र तीन जना अल्पसङ्ख्यक रहनेगरी नामावली तयार पारेको गुरुङले जानकारी दिनुभयो।

कर्णाली प्रदेशका लागि आदिवासी जनजातिको तर्फबाट एक महिला, खसआर्यको तर्फबाट १० जना (पाँच महिला, छ पुरुष), दलिततर्फ चार जना (दुई महिला, दुई पुरुष), यसमा १६ जना मध्ये पाँच जना पिछडिएको क्षेत्रसमेत रहने गरेर बढीमा आठ जना महिलालाई सूचीमा राखिएको उहाँको भनाइ छ।

सुदूरपश्चिम प्रदेशका लागि आदिवासी जनजातिको एक जना महिला, खसआर्य तर्फबाट छ महिला, छ जना पुरुष, थारुतर्फ दुई पुरुष र दुई महिला, दलिततर्फ दुई महिला र दुई पुरुष, मधेशी, मुस्लिम एकएक जना महिला गरेर २१ जनामा ३ जना पिछडिएको क्षेत्रसहित महिला ११ जना गरेर प्रदेशसभातर्फ २२० जनाको सूची तयार पारेको उहाँको भनाइ छ। अनुसार यो सूची सोमबार एमालेले निर्वाचन आयोगमा बुझाउने छ।  साभार:हिमशिखर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका