सोलुखुम्बुमा ‘जनतासँग कांग्रेस’ अभियान शुभारम्भ

सोलुखुम्बुमा ‘जनतासँग कांग्रेस’ अभियान शुभारम्भ

काठमाण्डौ । नेपाली काँग्रेसले देशब्यापी संचालन गरेको ‘जनतासँग कांग्रेस’ अभियान सोलुखुम्बुमा पनि शुभारम्भ गरेको छ । नेपाली कांग्रेस जिल्ला समितिको आयोजनामा बुधबार सल्लेरीमा आयोजित कार्यक्रमकाबीच केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य कल्पना चौधरीले कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आसन्न निर्वाचनमा प्रतिनिधिसभा तर्फको टिकट कांग्रेसले पाउनु पर्नेमा जोड दिएका छन् ।

पार्टीका महाधिबेशन प्रतिनिधिहरु, पदाधिकारीहरु, क्षेत्रीय तथा पालिका सभापतिहरु, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागि कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जनमतको ख्याल गर्दै गठबन्धनहुँदा कांग्रेसले संघिय सांसदको टिकट पाउनु पर्ने र टिकट पाउँदा पुस्तान्तरणको भावना अनुरुप नयाँ ब्यक्तिलाई दिनु पर्ने बताएका हुन् ।

 


Warning: Undefined variable $file in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

Warning: Undefined variable $separate_comments in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका