काठमाण्डौँ । किराँत खालिङ राईको व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’ सार्वजनिक भएको छ । व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’को लेखन धन खालिङ र अर्जुन खालिङ राईले लेखेका हुन् ।
किराँत खालिङ राई उत्थान संघको आयोजनामा शुक्रबार काठमाण्डौँमा आयोजित कार्यक्रममा भाषा विज्ञान केन्द्रीय विभाग किर्तिपुरका उपप्राध्यापक तथा भाषाशास्त्री डा। तारामणी राईले व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’को विमोचन गरे ।
संघका अध्यक्ष सीता कुमारी खालिङको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा खालिङ भाषा पाठ्यक्रमको पाठ्यपुस्तक निर्माणका संयोजक विना खालिङ, संघका संरक्षक सल्लाहकार, खालिङ बुद्यिजिविहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पुस्तकमा वर्ण, व्यन्जन वर्ण, नाम, सर्वनाम, क्रिया, विशेषण, काल, पक्ष र अवस्था, संगति, कारक र विभक्ति, शब्द निर्माण, करण–अकरण, वाक्यका प्रकार, श्रृतिसमभिन्नर्थी शब्द, प्रश्न निर्माण, वाच्य, कथन र भाव वा अर्थलाई बोलिचालीको खालिङ भाषामा संग्रहित गरिएको किराँत खालिङ राई उत्थान संघका प्रथम उपाध्यक्ष जय कुमार खालिङले जानकारी दिए ।