सोलुका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

सोलुका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

काठमाण्डौ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सोलुखुम्बुका २९ वटा विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिको भदौ २९ गते गरेको निर्णय अनुसार एक नगरपालिकासहित आठ स्थानिय तहका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको छनौटमा परेका हो ।

सोलुदुधकुण्ड नगरपालिकाका ५ विद्यालयमध्ये नमुना ज्योति आवि केरुङ र दुधकुण्ड हिमालयन आवि फाप्लु आइसिटीका लागि छनौटमा परेका छन् । जनप्रिय मावि टाप्टिङमा ४ कोठे तथा बरबोट आवि। तिङला र पिके मावि तामाखानीमा २–२ कोठे भवन निर्माण हुने भएको छ ।

माप्यदुधकोशी गाउँपालिकाका ५ वटा मध्ये हिमालय मावि हाँकुला आइसिटीका लागि छनौट भएको छ भने बुद्धि विकास आवि। सोलावन, जलेश्वरी आवि वाकु, काँकु मावि भेडाचौर र सिहंदेवी आवि मुरलमा २–२ कोठे भवन बन्ने भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकामा ५ वटा मध्ये जनकल्यान मावि जुबु र लामुडाँडा आवि लोखिम आइसिटीका लागि छनौट भए सँगै जीवन ज्योति मा वि काँगेल र कालिकादेवी मावि पन्चनमा ४–४ कोठे भवन र जनता मावि लोखिम २ कोठे भवन निर्माणका लागि छनौटमा परेका छन् ।

सोताङ गाउँपालिकाका ३ वटा विद्यालयमध्ये हुँगा मावि सोताङ ४ कोठे भवन तथा दिपज्योति आवि र बखपलम मावि सोताङमा २–२ कोठे भवन निर्माण हुने भएको छ ।

महाकुलुङ गाउँपालिकाको ४ वटा मध्ये खिरौले आवि आइसिटीका लागि छनौट भएको छ भने जनसुधार आविमा ४ कोठे भवन तथा हिमालचुली आवि र वासुकी आविमा २–२ कोठे भवन बन्ने भएको छ ।

यस्तै नेचासल्यान गाउँपालिकाका ३ वटा मध्ये सहिद नरनाथ आवि आइसिटीका लागि छनौट भएको छ भने महेन्द्रोय मावि ४ कोठे भवन र विपि संस्कृत माविमा २ कोठे भवन बन्ने भएको हो ।

खुम्बु पासाल्हामु गाउँपालिकाका २ वटा मध्ये खुम्जुङ आवि आईसिटीका लागि छनौट भएको र थामे आविमा २ कोठे भवन बन्ने भएको छ ।

लिखुपिके गाउँपालिकाका २ वटा मध्ये चन्द्रज्योती आवि आइसिटीमा छनौट भएको छ भने कमलामाई आविमा २ कोठे भवन बन्ने भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका