सोलुखुम्बु । “जनतासग माओबादी विशेष अभियान” कार्यक्रम अन्तर्गत माप्य दुधकोशी गाउँपालिका ६ ले सडक स्तरोन्नती गरेको छ ।
हिजो शनिबारबाट सुरू भएको तीन महिने अभियानको पहिलो दिन वाकुमा हिलाम्मे सडकलाई सोलिङ गरिएको नेकपा माओबादी वडा सह-सचिब नवराज राईले जानकारी दिए ।
जिल्ला समन्वय समिति सदस्य तथा माप्य दुधकोशी पार्टी कमिटी सह-इचार्ज तथा सो अभियानको संयोजक रमेश राईको उपस्तिथिमा कार्यक्रम गरिएको थियो ।