माप्यमा हरितालिका तिजको अवसरमा संगिनि नृत्य र लोक गीत प्रतियोगिता हुने

माप्यमा हरितालिका तिजको अवसरमा संगिनि नृत्य र लोक गीत प्रतियोगिता हुने

सोलुखुम्बु । हिन्दुहरुको महान पर्व हरितालिका तिजको अवसरमा माप्य दुधकोशी गाउँपालिकाले तिज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
माप्य दुधकोशी गाउँपालिका ६ पाप्दु स्थित शिबमन्दिरमा यहि असोज १ गतेका दिन उक्त कार्यक्रम आयोजना हुने महिला तथा बालबालिका शाखा माप्य दुधकोशी गाउँपालिकाले जनाएको छ ।
तिज बिशेष कार्यक्रममा संगिनि नृत्य र लोक गीत (तिजको लहर आयो बरिलै… भाकामा) प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा बिजेता टिम क्रमश प्रथम, द्धितीय र तृतीय हुनेलाई ६ हजार, ४ हजार र २ हजार राशीद्धारा पुरस्किृत गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका