धादिङ, पुस २८ –
नेकपा माओवादी केन्द्रको धादिङ जिल्ला समिति अध्यक्षमा शालीकराम जमकट्टेल निर्वाचित भएका छन् ।अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका जमकट्टेल माओवादी केन्द्रको केन्द्रीय समितिका पोलिट्ब्युरो सदस्य हुन् ।
चौथो जिल्ला सम्मेलनले जमकट्टेलको नेतृत्वमा ७५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । समितिका उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा दलबहादुर बुर्लाकोटी, सह–सचिवमा मनराज भण्डारी तथा कोषाध्यक्ष शम्भु श्रेष्ठ चयन भएका छन् ।
सल्लाककार समिति भने पछि चयन हुने अध्यक्ष जमकट्टेलले बताए ।‘संविधानको सफल कार्यान्वयनको पक्षमा हाम्रो अभियान, व्यवस्थित र जुझारु संगठन निर्माणका लागि चौथै जिल्ला सम्मेलन’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा जिल्लाका ४० गाविस र नीलकढठ नगरपालिका गरी ४८२ प्रतिनिधि सहभागी थिए ।
सम्मेलनको २३ पुसमा नेता रामबहादुर थापा बादलले धादिङबेसीमा आयोजित सभामा उदघाटन गरेका थिए ।