Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चार महिनामा पहिलोपटक देश नाफामा – Gaule Khabar

चार महिनामा पहिलोपटक देश नाफामा

चार महिनामा पहिलोपटक देश नाफामा

काठमाडौं,पुस १ –

चार महिनामा पहिलोपल्ट देश नाफामा आउन सकेको छ । साउनदेखिनै आम्दानीभन्दा खर्च धेरै अर्थात् देश भित्रने पुँजीभन्दा बाहिरिने धेरै भएपछि देश घाटामा थियो ।

चार महिनामा पहिलोपटक शोधानान्तर बचत भएको हो । कात्तिकमा शोधानान्तर बचत १ अर्ब ८६ करोड नाफामा रहेको छ । रेमिट्यान्स आउने क्रम बढेपछि पनि देश बचतमा आउन सम्भव भएको हो । देश भित्रने रकम बढेकोभन्दा पनि नेपाली मुद्राको तुलनामा डलर बलियो भएकोले पनि यस्तो वृद्धि देखिएको हुनसक्छ ।

रकमको आधारमा हेर्दा रेमिट्यान्समा ७.८ प्रतिशतले वृद्धि भएको छ । कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।

यसअघि विदेशी संस्थालाई ठुलो मात्रामा लाभांश लान दिन परेकोले पनि पनि देश घाटामा रहदै आएको राष्ट्र बैंकले उल्लेख गरेको थियो । एनसेललाई रोक्का गरिएको लाभांश भुक्तान गर्न दिइएकोमा गभर्नर चिरञ्जीवि नेपाल समेत विवादमा तानिएका थिए ।

यो अवधिमा व्यापार घाटा पनि करिब ९८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । निर्यातको तुलनामा सधै नै आयात धेरै गर्ने नेपालको आयातमा ८७ प्रतिशतले वृद्धि भएपछि पनि ३ खर्ब १ अर्ब पुगेको छ । चीनबाट समेत आयातमा सुधार भएको छ । चीनबाट हुने आयातमा ७२ प्रतिशतले वृद्धि भएको छ ।

हाल देशसँग रहेकेा विदेशी मुद्राको सञ्चितीले १२ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था छ । नेपाल जस्तो बिकासोन्मुख देशको लागि ८ देखि ९ महिनाको आयात धान्ने सञ्चिती हुनु पर्याप्त मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका