नेपाल परिवारले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेपाल परिवारले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं,मंसिर २१-

संसदमा दुई सिट रहेको नेपाल परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।मंगलबार दलको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको हो ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक विवादास्पद रहेको र जनभावना समेटन नसकेको भन्दै यथास्थितिमा समर्थन नगर्ने निर्णय गरेको प्रवत्ता सन्तोष कुमार पौडेलले बताए ।

समर्थन फिर्ताको निर्णय बुधबार सभामुख र प्रधानमन्त्रीलाई जानकारी गरिने महमन्त्री बिनोद डांगीले बताए ।परिवार दलले संशोधन प्रस्ताव फिर्ता लिन र सर्वदलिय छलफल र संवादमार्फत राष्ट्रियसहमति कायम गरेर मात्र प्रस्ताव ल्याउन सरकारलाई सुझाव दिएको छ । साथै पुननिर्माणलाई तिब्रता दिन, राष्ट्रियता बलियो बनाउन, निर्वाचनको वाताबरण बनाउन र संविधानको कार्यान्वयनमा लाग्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ