Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा युवाहरुको सक्रियतामा बन्यो बाटो – Gaule Khabar

नवलपरासीमा युवाहरुको सक्रियतामा बन्यो बाटो

नवलपरासीमा युवाहरुको सक्रियतामा बन्यो बाटो

ज्ञानु पंगेनी,
नवलपरासी, मंसिर २६–

नवलपरासीको मध्यविन्दु नगरपालिका–५ रातोडाँडाका युवाहरुको सक्रियतामा बाटो निर्माणको काम भएको छ ।
गाउँमै रहेका युवा र विदेशमा रहेका युवाहरुले आर्थिक संकलन गरि ३ किलोमिटर बाटो विस्तारको काम गरेका हुन् । पटक–पटकसम्म सरकारी निकायमा धाउदा पनि बेवास्ता भएपछि युवाहरु एकजुट भएर आर्थिक संकलन गरेर आफैले श्रमदान समेत गरि बाटो विस्तारको काम गरेका हुन् ।
बाटो निर्माण युवा समिती स्थापना गरि गाउँमा रहेका र विदेशमा रहेका युवाहरुले प्रतेक युवाहरुबाट १० हजार रुपैयाँ संकलन गरि साँढे ३ लाख रुपैयाँको लागतमा न्यूनतम ६ मिटर र आवश्यक परेको ठाउँमा ८ मिटर चौडामा बाटो निर्माण गरिएको छ ।
गोरेटेको रुपमा रहेको सो बाटोलाई पूर्वपश्चिम भोटिखोला चोकदेखि सेतोपानी बटार र दक्षिणतर्फ छाकछुके खोलासम्म विस्तार र व्यवस्थित गरिएको छ ।
गाविस हुँदा र नगरपालिका भएपछि पनि पटक–पटक बाटो विस्तारका लागि बजेट विनियोजन गर्न माग गरे पनि बजेट विनियोजन नभएपछि युवाहरु मिलेर आर्थिक संकलन अभियान नै थालनी गरि बाटो विस्तारको काम गरेको युवा समितीका संयोजक भरत मल्लले बताए ।
“पटक–पटक सरकारी नियका धायौ तर केहि नभएपछि आफ्नो गाउँ आफै बनाउँ भन्ने उद्देश्यसहित गाउँमा भएका युवा र विदेशमा रहेका युवाहरुले प्रतिव्यक्ती १० हजार रुपैयाँ उठाएर कामको थालनी गर्यौ र सफल पनि भयौ । डाडाहरुको कटान, होचो ठाउँमा पुर्ने काम भएको छ”– मल्लले भने ।
अहिले दुवईमा रहेका युवा प्रदिप खड्काले बाटो निर्माणको लागि फेसबुक मार्फत् गाउँका सबै युवाहरुलाई एकजुट बनाई रकम संकलन अभियानको थालनी गरेका थिए ।
‘घरमा आउँदा बाटो निर्माणका लागि छलफल बहश हुन्थ्यो, तर काम भने हुन सकेको थिएन । फेसबुकमा परिवार र साथीहरुसंग कुरा हुदा पनि बाटो साघुरो हुँदा गाउँमा धेरै दुःख भोगिरहनु परेको कुरा आउथ्यो, त्यसैले मैले विदेशमा भएका साथिहरुसंग र गाउँमै भएका युवाहरुसंग कुरा गरेर आर्थिक संकलन शुरु गर्यौ । अहिले बाटो विस्तारको काम भएको सुन्न र देख्न पाउँदा निकै खुसी लागेको छ’–खड्को भने ।
बाटो साघुरो र ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुदा हिडडुल गर्न र सवारी आवत जावत गर्न निक्कै गाह्रो हुने गरेको थियो । बाटो विस्तार भएपछि सजिलो भएका स्थानीय जमुना खड्काले बताईन् ।
‘पहिले वेस्सरी गाह्रो थियो, अहिले त निक्कै सुविधा भएको छ । झाडी थियो चोरको डर थियो, अहिले बाटो वारको पार देखिन्छ, बाटो बनेपछि घरघरमा विद्यालयको गाडी पनि आउन थालेको छ । बाटो साघुरो हुँदा एम्बुलेन्स पनि आउन सक्दैनथ्यो गाउँमा कोहि बिरामी भए बोकेरै लैजानुपर्ने बाध्यता थियो अहिले त एम्बुलेन्स पनि आउन थालेको छ । बाटो बनेपछि धेरै सुविधा भएको छ ।’ खड्काले भनिन् ।
एकजुट भएमा जस्तोसुकै काम गर्न सकिदो रहेछ भन्ने महशुस भएको बाटो विस्तार समितीका संयोजक मल्ल भन्छन् । वर्षाको समयमा रातो माटो भएकाले चिप्लो हुने गर्दछ । सम्बन्धित निकायले पनि बजेट विनियोजन गरिदिए सबै मिलेर ग्राभेल तथा कालोपत्रे गर्ने लक्ष्य रहेको मल्लले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका