Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकारकै मन्त्री विक्रम पाण्डे भन्छन्- संविधान संशोधन प्रस्ताव फेल हुन्छ – Gaule Khabar

सरकारकै मन्त्री विक्रम पाण्डे भन्छन्- संविधान संशोधन प्रस्ताव फेल हुन्छ

सरकारकै मन्त्री विक्रम पाण्डे भन्छन्- संविधान संशोधन प्रस्ताव फेल हुन्छ

बेंसीशहर (लमजुङ),मङ्सिर १८  –

भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गर्नुभएको छ ।

राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आउनुभएका मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उहाँको भनाई थियो ।

“सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा छन् यस्तो अवस्थामा कसरी संशोधन प्रस्ताव पारित हुन्छ ?” उहाँले प्रश्न गर्नु भयो ।

मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटी गरेको आरोप समेत लगाउनुभयो ।

सरकारको काम जनअपेक्षा अनुरुप हुन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले भूमिसुधार मन्त्रालयले भने जनतालाई अनुभूति हुने गरी काम गरेको दाबी गर्नुभयो ।

राप्रपा र राप्रपा नेपालको एकीकरणले देशमा राष्ट्रवादी शक्तिको मनोवल उच्च राखेको भन्दै मन्त्री पाण्डेले आगमी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताउनु भयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका