Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्ननगरमा विरोध सभा – Gaule Khabar

रत्ननगरमा विरोध सभा

रत्ननगरमा विरोध सभा

चितवन, मंसिर १९–

 

रत्ननगर । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरुद्धमा राष्ट्रिय जनमोर्चा जिल्ला समिति चितवनले आज रत्ननगरमा विरोध सभा गरेको छ । सभामा सम्वोधन गर्दै नेताहरुले संविधान संशोधनको प्रस्ताब ल्याएर प्रधानमन्त्री प्रचण्डले देश भारतलाई सुम्पिन खोजेको आरोप लगाए । सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष डम्वर पुरीले देशलाई वर्बादी तर्फ लैजान सरकारले सँसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाए ।

प्रस्ताब पारित गर्न साँसद किनवेचको खेल हुन सक्ने भन्दै उनले देशभक्त शक्तिहरु यस तर्फ चनाखो हुनुपर्ने बताए । कार्यक्रममा नेकपा मसालका केन्द्रीय प्रबक्ता विमल शर्माले संविधान संशोधन प्रस्ताव ल्याएर प्रधानमन्त्री प्रचण्डले देश भारतलाई सुम्पिन थालेको आरोप लगाए । उनले अहिले सरकारले सँसदमा पेश गरेको प्रताव पारित भए मुलुक विखण्डन तर्फ जाने बताए । कार्यक्रममा नेतृ चन्द्र केसीले पनि आफनो धारण राखेकी थिईन । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका