Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकारमा दुई मन्त्री थपिँदै, खड्का र सिंह मन्त्री बन्ने – Gaule Khabar

सरकारमा दुई मन्त्री थपिँदै, खड्का र सिंह मन्त्री बन्ने

सरकारमा दुई मन्त्री थपिँदै, खड्का र सिंह मन्त्री बन्ने

काठमाडौं,माघ ५-

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार विस्तारको तयारी गरेका छन्। दाहालले साना दलबाट दुई जना मन्त्रीलाई सरकारमा सहभागी गराउन लागेका हुन्। प्रधानमन्त्री दाहालले सरकार गठन भएको साढे पाँच महिनापछि सरकार विस्तार गर्न  लागेका हुन्। दाहालले बिहीबार अखण्ड  नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई सरकारमा सहभागी गराउने भएका हुन्।

खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने भएका  छन्।  प्रधानमन्त्रीले दुवै जनालाई दिने मन्त्रालयको जिम्मेवारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाएका छन्।

प्रधानमन्त्रीले फोरम लोकतान्त्रिक र राप्रपालाई सरकारमा सहभागी गराउने प्रयास गरेका थिए। फोरम लोकतान्त्रिक र राप्रपा तत्काल सरकारमा सहभागी नहुने भएपछि साना दलबाट खड्का र सिंहलाई सरकारमा सहभागी गराउन लागेका हुन्। साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले यसअघि चौथो पटकसम्म सरकार विस्तार गरिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका