Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नदीजन्य पदार्थ झिक्ने ट्याक्टर नियन्त्रणमा – Gaule Khabar

नदीजन्य पदार्थ झिक्ने ट्याक्टर नियन्त्रणमा

नदीजन्य पदार्थ झिक्ने ट्याक्टर नियन्त्रणमा

नवलपरासी, माघ २० –

नवलपरासी सुनवलको सोमनाथ खोला, तुरिया खोला, र वडेराको पानभार खोलाबाट अवैधरुपमा नदीजन्य पदार्थ झिक्दै गरेको अवस्थामा प्रहरीले गएराति पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

हालै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट सरुवा भई इलाका प्रहरी कार्यालय सुनवलमा प्रमुख भई आउनुभएका प्रहरी निरीक्षक जेसी शाहकै नेतृत्वमा एकै रातमा पाँचवटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । ट्याक्टर नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला चलान गरिसकेकोे प्रहरी निरीक्षक शाहले बताउनुभयो । अवैधरुपमा खोलाजन्य पदार्थ निकासी भइरहँदा पनि सरोकारवाला पक्ष मौन रहेको शाहको आरोप रहेको छ ।

त्यस्तै, यस क्षेत्रमा सञ्चालन हुने हाटबजार, मेला पर्वका बेलामा गरगहना चोरी कार्यमा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएका भारत विहार दवाहाका चारमध्ये दुईजना अनुसन्धानका क्रममा दोषी पाइएकाले कारबाहीका लागि जिल्ला चलान गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका