न्युयोर्क । इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसन न्युयोर्कले न्युयोर्क ओपन कराते च्याम्पियनसिपमा सात स्वर्ण सहित १६ पदक हात पारेकोछ ।
बक्स्तेर कराते डोको आयोजनामा आइतबार सनी वेष्टचेस्टर कम्युनिटी कलेजमा भएको च्याम्पियनसिपमामा इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसनका तीन खेलाडीले दोहोरो स्वर्णमा जित हासिल गरेको हो ।
इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसनबाट अंकिता श्रेष्ठ, आदित्य रोय र मोहम्मद आईले काता र कुमितेमा स्वर्ण हात पारेकाछन । माधव पुन कातामा एक स्वर्ण र कुमितेमा एक रजत, एसिया गुरुङले कातामा रजत, कुसुम गुरुङ र स्पोरन्सा म्याजिलले कुमितेमा रजत पदक जितेका छन ।
यस्तै तेन्जिङ एम र प्रीति गुरुङ, कृश लामाले कातामा कांस्य, सौरभी गौतम र केभिन नउलोले कुमितेमा कांस्य पद हात पारे।
एक दिने च्याम्पियनसिपमा अमेरिकाका विभिन्न राज्य, क्यानडा र मेक्सिको लगायतका देशका गरी चार सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
कराते प्रशिक्षक पर्खी राईद्धारा सञ्चालित इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसन न्युयोर्क अमेरिकामा नेपालीले सन्चालन गरेको पहिलो स्कुल हो ।