Gaule Khabar
आइतवार, साउन २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

मेरो सम्पत्ती कति छ चितवनबासीलाई नै थाहा छः प्रम दाहाल

  • admin
  • शनिबार, पुस २, २०७३
मेरो सम्पत्ती कति छ चितवनबासीलाई नै थाहा छः प्रम दाहाल

चितवन, पुस २–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पत्ति विवरण बारे अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।
आज (शनिबार) विहान भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले आफू चितवनबासी भएकाले आफ्नो सम्पत्ति बारे चितवनबासीलाई थाहा भएको बताउनुभयो । उहाँले भन्नुभयो–“तपाईहरु चितवनबासी नै हो मेरो सम्पती कति छ थाहा होला, शिवनगरमा अंशबण्डा पछि त्यही एक कठ्ठा नै हो भागमा परेको ।” उहाँले ठूला सम्पतीहरु सबै प्रचण्डकै हुन् भन्ने गरेको आरोपलाई व्यंग्य गर्दै भन्नुभयो–“नेपाल नै मेरो हो, सबै ठूलो मेरो भन्नु स्वभाविक हो ।”
प्रधानमन्त्री दाहालले चितवनको विकासका लागि आफू प्याकेजसहित चितवन आउने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ