रौतहटमा हतियारसहित एक पक्राउ

रौतहटमा हतियारसहित एक पक्राउ

रौतहट मंसिर,२४ –

गौर-चन्द्रनिगाहपुर सडकखण्डको भेडियाहीबाट प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।मेड इन यूएसए लेखिएको अत्याधुनिक पेस्तोल सहित सखुअवा ८ का लालबाबु ठाकुर पक्राउ परेका हुन् ।

हतियार लिएर एक व्यक्ति भेडियाही तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

पक्राउ परेका ठाकुरको साथबाट अत्याधुनिक पेस्तोल र त्यसको म्याग्जीन बरामद भएको साथै यसबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ