बुढानिलकण्ठ १० द्वारा आयोजनामा ४५ दिने निशुल्क कपाल काट्ने तालिम सम्पन्न

बुढानिलकण्ठ १० द्वारा आयोजनामा ४५ दिने निशुल्क कपाल काट्ने तालिम सम्पन्न

काठमाडौ १२ श्रावण । बुढानिलकण्ठ नगरपालिका वडा नंं १० को आयोजनामा गरिएको निशुल्क महिला पुरुषको कपाल काटने तालिमको समापन गरिएको छ । वडा कार्यलयको आयोजनामा वि स्टार युनिसेक्स एकेडेमीको संयोजनमा दुइ महिने कपाल काट्ने तालिम शुक्रबार समापन गरिएको हो ।
वडा कार्यलयको सभाहलमा आयोजना गरिएको समापन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नंं १२ का वडाध्यक्ष शम्भु भट्टराई र वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महिला सञ्जालका अध्यक्ष तथा कलाकार कलाकार हरि निरौला ‘कक्रोज’, सागर लम्साल ‘बल’ , सुबोध गौतम ‘एदुमे’ लगायतको सहभागिता रहेको थिाये । कार्यक्रममा तालिममा सहभागी विद्यार्थीहरुलाई अतिथिहरुको हातबाट प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकाले सीप सिक्दा कोहि सानोठुलो नहुने र यदि कोहि विद्यार्थीहरुलाई यो ४५ दिनको अवधिमा सिकेको सीप अझै कमि भएको जस्तो महशुस भएमा पुन नगरपालिकाका विभिन्न वडाहरुमा पनि यहीँ तालिम संन्चालन गर्नको लागि सहकार्य भईरहेको हुँदा त्यहाँ तालिम प्रारम्भ भए पश्चात् सिक्नको लागि इच्छुक भएमा आउनको लागि समेत आग्रह गरे ।


कार्यक्रमका विशेष अतिथी बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले आफ्नो वडामा यो तालिम संन्चालन गरि आज समापन गराउन पाउँदा आफू निकै खुशी रहेको बताए । नेपालमा कयौं दक्ष जनशक्ति हुँदापनि सहि सदुपयोग हुन नसकेको र सो समस्यालाई समाधान गर्न र आफ्नो वडाका नागरिक बेरोजगार भएर भौतारिन नपर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता दिए । साथै भट्टराईले सम्पुर्ण विद्यार्थी लगायत बि स्टार युनिसेक्स एकेडेमी परिवारलाई धन्यवाद दिए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आगामी दिनमा आफ्नो वडा मा पनि कपाल काट्न सिकाउने तालिम आयोजना हुँदै गरेको र यस्ता सिपमुलक तालिमबाट देशमा नै रोजगार सिर्जना गर्नको निम्ति आफ्नो वडा निरन्तर लागिपरिरहने बताए ।

कार्यक्रममा कलाकार सागर लम्सालले स्वदेशमा नै सीप सिके आत्मनिर्भर बन्न सकिने र यो तालिम संन्चालन गरेकोमा बुढानिलकण्ठ नगरपालिका र बि स्टार युनिसेक्स एकेडेमी परिवारलाई धन्यवाद दिए । साथै कलाकार हरि निरौलाले सम्पुर्ण विद्यार्थीहरुलाई यो अवधिभर सिकेको तालिमको सहि सदुपयोग गरि भबिष्यमा एक सफल कपाल काट्ने पात्रको रुपमा चिनिन सबैलाई आग्रह गरे ।

कार्यक्रमको समापन बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतमले गरेका थिए । बिगतको लामो समयको आफ्नो अनुभव विद्यार्थीहरुलाई साट्न पाउँदा आफू निकै खुशी भएको हुनले बताए । साथै नेपालमा कपाल काट्नको निम्ति बाहिरी देशबाट जनशक्ति आउनुपर्ने प्रथा अन्त गर्नको निम्ति आफू निरन्तर लागिपरिरहने कुरामा उनले जोड दिए ।

कार्यक्रममा तालिममा सहभागी सम्पुर्ण विद्यार्थीलाई प्रमाणपत्र र प्रशिक्षकको भुमिका निर्वाह गरेकोमा बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतम र बिनय गौतमलाई कदर पत्र प्रदान गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका