Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘चियावाला’ बने तामिलनाडुका मुख्यमन्त्री – Gaule Khabar

‘चियावाला’ बने तामिलनाडुका मुख्यमन्त्री

‘चियावाला’ बने तामिलनाडुका मुख्यमन्त्री

तामिलनाडु,मंसिर २१-

 

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनपछि पनीरसेल्वम नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। उनले आजै शपथ ग्रहण गरेर मुख्यमन्त्रीको पद सम्हालेका छन्।

उनले पहिले पनि जयललितालाई जेल सजाय हुँदा मुख्यमन्त्रीको पद सम्हालेका थिए। ६५ वर्षीय पनीरसेल्वम पहिले चिया बेच्ने काम गर्थे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै उनी पनि चिया बेच्थे।

यहाँसम्मकी पनीरसेल्वमका भाइ आज पनि पेरियाकुलममा चियाको पसल चलाइरहेका छन्। उनीहरुको पारिवारिक पेशा भने खेतीपाती हो।

पनीरसेल्वमले चियापसलमा काम गर्दा समय निकलेर पढ्दै अर्थशास्त्रमा बिए गरेका थिए। उनका साथीले उनलाई राजनीतिमा लाग्न हौस्याएका थिए। तीन बच्चाका बाबु पनीरसेल्वम सन् १९५१ मा जन्मिएका हुन्।

पनीरसेल्वमका बाबु पनि पार्टीप्रति इमान्दार थिए। उनका बाबु अन्नामुद्रकका संस्थापक एमजी रामचन्द्रनका लागि काम गर्थे। एमजीआरलाई पनीरसेल्वमले मेहनत गरेर पढिरहेको थाहा थियो।

पनीरसेल्वम जयललिताका सबैभन्दा इमान्दार सहयोगी मानिन्छन्। पनीरसेल्वम पहिले मुख्यमन्त्री भएपनि जयललिता बस्ने कुर्सीमा कहिले पनि नबसेको चर्चा नै छ।

उनको दक्षिणी तामिलनाडुमामा राम्रो प्रभाव छ। उनले थेनी जिल्लाको बोडीनयाकुर निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका