Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्षलाई स्वास्थ्यकर्मीको सम्मान – Gaule Khabar

कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्षलाई स्वास्थ्यकर्मीको सम्मान

कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्षलाई स्वास्थ्यकर्मीको सम्मान

नेपालगन्ज,पुस २-

नेपाल निजामति कर्मचारी संगठनका नवनिर्वाचित केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटालाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ बांकेले सम्मान गरेको छ । केहीदिन अघि सम्पन्न संगठनको केन्द्रीय अधिवेशनबाट देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा अध्यक्ष देवकोटालाई राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्द लगायतले ढाका टोपी, माला लगाएर स्वागत गरे । सोही कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले निर्वाचनमा प्रतिस्पर्धा भए पनि अब सबैलाई एक ढिक्का बनाएर संगठन चलाउने बताए । उनले निजामती कर्मचारीहरुको हकअधिकारका लागी संघर्ष गर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले बांकेका प्रचार बिभाग प्रमुख किश्मत कुमार कक्षपतिले कर्मचारीहरुको हकअधिकारका लागी देवकोटाको कार्यकालमा महत्वपूर्ण काम हुने भन्दै शुभकामना दिए ।

kismat kasepati

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका