Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता – Gaule Khabar

नवलपरासीमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता

नवलपरासीमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता

सहबान अन्सारी,
नवलपरासी, मंसिर १७–

नवलपरासीको गठीपरसौनी–४ मा जिल्ला स्तरिय निबन्ध लेखन तथा चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।
मिसन नवलपरासीको आयोजनामा भएको प्रतियोगीतामा जिल्लाका १७ विद्यालयका ५२ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
निबन्ध लेखन तर्फ श्रीकान्ती इङलिस बोर्डिङ स्कूल विष्णुपुराका प्रिया बर्मा प्रथम, कालिका इङलिस बोर्डिङ स्कूल सुर्यपुराका राहुल बिन द्धितिय र मनोरमा ब्रेन बक्स इङलिस बोर्डिङ स्कूल बसहियाका बिकेन्द्र लोहार तृतीय स्थान हासील गरे ।

त्यस्तै चित्रकला तर्फ शिवशक्ति इङलिस बोर्डिङ स्कूल मनरीका सुमन चौधरी प्रथम, एन.सी. नमुना इङलिस बोर्डिङ स्कूल सोमनीका राहुल कुमार द्धितिय भए ।
प्रथम,द्धितिय र तृतीय हुनेहरुलाई मायाको चिनो, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको प्रतियोगीताको संयोजक घनश्याम चौधरीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका