Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लुम्बिनी प्रेस क्लबले सांस्कृतिक कार्यक्रम गर्ने – Gaule Khabar

लुम्बिनी प्रेस क्लबले सांस्कृतिक कार्यक्रम गर्ने

लुम्बिनी प्रेस क्लबले सांस्कृतिक कार्यक्रम गर्ने

भैरहवा, पुस ३-

भैरहवा क्षेत्रमा रहेका क्रियाशिल पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लब भैरहवाले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

क्लबको अक्षय कोष अभिवृद्धिको लागि गर्न लागिएको सांस्कृतिक कार्यक्रम नेपाली मौलिक र संस्कृतिको जर्गेना क्लबका अध्यक्ष माधव ढुंगानाले बताए ।

विगतका दिनहरुमा सामाजिक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आइरहेको यस क्लबले पत्रकारहरुको पेशालाई थप मर्यादित र व्यवसायमूलक बनाउनका लागि समाजमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

नयाँ वर्षमा गर्न लागिएको सांस्कृतिक कार्यक्रम मार्फत समाजलाई एकताबद्ध र उर्जाशील बनाउन सहयोग पु¥याउने क्लबका उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक दिपेश पछाईले जानकारी दिए । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा लोक तथा आधुनिक गीत र नृत्यद्वारा दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै सकारात्मक मनोभाव पैदा गराउने क्लबका कार्यसमिति सदस्य माधब न्यौपानेले बताए ।

पत्रकारिताका साथै सामाजिक क्षेत्रमा क्रियाशील रहेको लुम्बिनी प्रेस क्लबले विगतमा पनि देउसी भैलो मार्फत आफ्नो कला प्रस्तुति गर्दै आइरहेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराई अन्र्तक्रिया तथा संचार क्षेत्रमा स्थानीय विषयहरुलाई प्राथमिकतामा राखी प्रसारण गर्ने गरेको छ ।

अहिले गर्न लागिएको सांस्कृतिक कार्यक्रमले समेत समाज विकासमा सकारात्मक परिवर्तन गर्ने आयोजकको दावी रहेको छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारमा लोक गायक पशुपति शर्मा, आधुनिक गायक कालीप्रसाद बास्कोटा, रमेशराज भट्टराई, शशी रावल, हाँस्यकलाकार पाँडे र जिग्री , शिलु भट्टराई, प्रिया भण्डारी, सञ्जय सौगात, रेणु राना मगर, पवित्रा थापा, ब्लु डाइमण्ड सोसाइटीबाट नृत्य र आधुनिक बिबोइङ डान्स र भोजपुरी नृत्य रहेको आयोजक समिति सदस्य तथा क्लबका सचिव सम्झना शर्माले जानकारी दिएकी छ्न ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका