Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
त्रिविका ३५ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु – Gaule Khabar

त्रिविका ३५ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु

त्रिविका ३५ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, फागुन २–

यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि त्रिविका करिब आधा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

देशभरि ६० आङ्गिक क्याम्पसमध्ये ३५ क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकाका २२ मध्ये १२ र उपत्यका बाहिर ३८ मध्ये २३ क्याम्पसमा निर्वाचनको प्रक्रिया सुरु गरिएको छ । उहाँका अनुसार निर्वाचन प्रक्रिया रोकिएका २५ क्याम्पसमा दुई दिन समय थप गरिनेछ ।

निर्वाचनका लागि सबै क्याम्पसमा निर्वाचन समिति बनिसकेको छ । त्रिविले मङ्गलबार मतदाताको अन्तिम नामावाली प्रकाशन गर्ने र बुधबार उम्मेदवारलाई मनोनयनपत्र वितरण गर्नेछ । नेपाल विद्यार्थी सङ्घसम्बद्ध केही विद्यार्थी र अनेरास्ववियु (क्रान्तिकारी)को तालाबन्दीका कारण केही क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
आठ वर्षपछि २८ वर्षको सीमा तोकी हुन थालेको स्ववियु निर्वाचनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी),अखिल (छैटौं), अखिल (पाँचौँ), अखिल नेपाल युवा विद्यार्थी सङ्घ, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, नेपाल विद्यार्थी फेडरेसनलगायत विद्यार्थी सङ्गठनले निर्वाचनमा सहभागिता जनाउँदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका