Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत – Gaule Khabar

अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत

अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत

डडेल्धुरा,मंसिर २९ –

डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्डविपरीत रहेका छन् ।

सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ ।

जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएको छैन । जिल्लाको डुङ्री–देवल, रडुवा– वडम–मणिलेक सडक, शिराड–रुपाललगायतका करिब आधा दर्जन ग्रामीण सडकमा यातायात सञ्चालन गर्न जोखिमपूर्ण रहेका छन् ।

यातायात सञ्चालनका लागि मापदण्ड नभएका सडक रहेका छन्, त्यसैमा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका यातायातका सवारी साधन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइन्छ ।

ग्रामीण सडक निर्माणका क्रममा प्राविधिकको नापनक्सा नभई उपभोक्ता समितिका पदाधिकारीसहित डोजर चालकको भरमा सडक निर्माण हुने गरेका छन् ।

यातायात सञ्चालनका लागि निर्माण गरिने मापदण्ड बिनाका सडक निर्माण भएका कारण जुनसुकै बेला पनि ठूलो दुर्घटना हुनसक्ने प्राविधिक कार्यालयका इन्जिनियर दीपक ओझाले बताउनुभयो ।

जिल्लामा निर्माण भइरहेका अधिकांश ग्रामीण सडक निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालय डडेल्धुरालाई जानकारी नै नहुने गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

रकमपछि विनियोजन गर्ने गरी स्थानीयवासिन्दा ठेकेदारलाई सडक निर्माणको जिम्मेवारी दिने गरेको पाइएको छ ।

स्थानीयवासिन्दा आफँै रकम सङ्कलन गर्दछन् वा रकमपछि दिने गरी डोजर लगाएर सडक निर्माण गर्दछन् तर त्यो सडकको नक्साङ्कनका लागि जिल्ला प्राविधिक कार्यालयलाई कुनै जानकारी नै नहुने सडक मापदण्डमा कसरी निर्माण हुन्छन् । रासस डडेल्धुरा, २९ मङ्सिर । डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्डविपरीत रहेका छन् ।

सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ ।

जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएको छैन । जिल्लाको डुङ्री–देवल, रडुवा– वडम–मणिलेक सडक, शिराड–रुपाललगायतका करिब आधा दर्जन ग्रामीण सडकमा यातायात सञ्चालन गर्न जोखिमपूर्ण रहेका छन् ।

यातायात सञ्चालनका लागि मापदण्ड नभएका सडक रहेका छन्, त्यसैमा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका यातायातका सवारी साधन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइन्छ ।

ग्रामीण सडक निर्माणका क्रममा प्राविधिकको नापनक्सा नभई उपभोक्ता समितिका पदाधिकारीसहित डोजर चालकको भरमा सडक निर्माण हुने गरेका छन् ।

यातायात सञ्चालनका लागि निर्माण गरिने मापदण्ड बिनाका सडक निर्माण भएका कारण जुनसुकै बेला पनि ठूलो दुर्घटना हुनसक्ने प्राविधिक कार्यालयका इन्जिनियर दीपक ओझाले बताउनुभयो ।

जिल्लामा निर्माण भइरहेका अधिकांश ग्रामीण सडक निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालय डडेल्धुरालाई जानकारी नै नहुने गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

रकमपछि विनियोजन गर्ने गरी स्थानीयवासिन्दा ठेकेदारलाई सडक निर्माणको जिम्मेवारी दिने गरेको पाइएको छ ।

स्थानीयवासिन्दा आफँै रकम सङ्कलन गर्दछन् वा रकमपछि दिने गरी डोजर लगाएर सडक निर्माण गर्दछन् तर त्यो सडकको नक्साङ्कनका लागि जिल्ला प्राविधिक कार्यालयलाई कुनै जानकारी नै नहुने सडक मापदण्डमा कसरी निर्माण हुन्छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका