Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुनिल र शैलजाले ल्याए नयाँ ‘विहानी’ – Gaule Khabar

सुनिल र शैलजाले ल्याए नयाँ ‘विहानी’

सुनिल र शैलजाले ल्याए नयाँ ‘विहानी’

काठमाडौं–

गायक सुनिलसिंह ठकुरी र शैलजा श्रेष्ठले ‘विहानी’ एल्बम बजारमा ल्याएका छन् । बिहीबार राजधानीको विश्वज्योती मलमा एक कार्यक्रमका बीच एल्बमको विमोचन गरिएको हो।

विमोचनका क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल राष्ट्र बैंकका निर्देशक भिष्म उप्रेतीले एल्बमको सफलताको शुभकामना व्यक्त गरे ।

सो क्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियाले यस एल्बम नेपाली साँगितिक आकाशमा नयाँ विहानी बनेर आउने विश्वास व्यक्त गरे । गायक ठकुरीले एल्बम बारे जानकारी दिंदै श्रोताको रुचि अनुसार नयाँ विहानी आएको भन्दै एल्बमको नाम नै विहानी राखेको प्रतिक्रिया दिए ।

सार्वजनिक भएको ‘विहानी को’ गीतलाई मोडल शैलजा श्रेष्ठले लेखेकी हुन् । यसमा उनी आफैंले अभियान समेत गरेकी छिन् । एल्बम भित्र ६ वटा गीत समावेश गरिएको ।

सोही क्रममा युटुव मार्फत म्युजिक भिडियोको समेत विमोचन गरिएको थियो । यसैगीतको म्युजिक भिडियो मार्फत नेपाली सांगितिक आकासमा अभिनयको शुरुआत गरेकी शैलजाले आफुलाई दर्शकले मनपराउने आशा व्यक्त गरिन् । शैलजासँगै जिवन भट्टराईको अभिनय छ ।

विहानीको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने सम्पादन निशान घिमिरेको छ । गायक सुनिल सिंहकै संगित रहेको यस भिडियोलाई उत्सव दाहालले छाँयांकन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका