Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘संशोधन प्रस्तावलाई अतिरञ्जित नगर्न एमालेलाई चेतावनी’ – Gaule Khabar

‘संशोधन प्रस्तावलाई अतिरञ्जित नगर्न एमालेलाई चेतावनी’

‘संशोधन प्रस्तावलाई अतिरञ्जित नगर्न एमालेलाई चेतावनी’

काठमाडौं, मंसिर २०–

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको निकासको लागि भनेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै यसलाई अतिरञ्जित नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री डा. महतले सरकारले देशले निकास पाउँछ भनेर नै संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्दै यसलाई कसैलेपनि अतिरञ्जित गर्न नहुने बताएका हुन् । उनले भने,‘यसलाई अतिरञ्जित गरियो भने दुर्भाग्यपुर्ण हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री महतले तत्कालको लागि केही हुन्छ कि भनेर सरकारले अहिलेको संशोधन प्रस्ताव ल्याएको बताउँदै भने,‘यसमा कसैको चित्त बुझेको छैन, स्वभाविक हो, यहाँ सबैले आफ्नो अडान राख्ने हो भने केही पनि हुँदैन् ।’ उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर अहिलेकैजस्तो प्रस्ताव त्यतिवेला ल्याउँदा राम्रो हुने तर अहिलेको सरकारले ल्याउँदा कसरी नराम्रो हुने भन्दै प्रश्न समेत गरे ।
महतले भने,‘उहाँहरुले गर्दा राम्रो हुने अनि हामीले गर्दा कसरी विखण्डनकारी हुने ?’ उनले राष्ट्रियताको लागि आफ्नो पार्टी नेतृत्वले के मात्रै नगरेको भन्दै प्रश्न तेर्साए ।
महतले भने,‘हामीले त कूटनीतिक टेबुलमा कुरा राखेका छौं, तर उहाँहरु त टेबुलमा केही नबोल्ने ? अनि सडकमा बोल्ने ?’ उनले एमालेलाई ईंगित गर्दै थपे,‘जहाँ कुरा गर्नुपर्ने हो त्यहाँ केही नबोल्ने अनि यहाँ चर्को कुरा गर्ने ।’ उनले यो प्रवृत्तिले मुलुकलाई दीर्घकालिन हित नहुनेपनि स्पष्ट पारे ।
उनले संविधान संशोधन प्रस्तावलाई प्रतिपक्षी दल र मधेशकेन्द्रित दलहरुले विरोध गरिरहने हो भने भोलि संकट आउने समेत बताए । उनले भने,‘अब मधेशकेन्द्रित दलहरुले पनि धेरै राजनीति गर्नुहुँदैन् ।’ उनले संशोधन प्रस्ताव नै निकासको लागि ल्याएको स्पष्ट पारे ।
महतले मधेशी मोर्चाले भनेजस्तोगरि अब संशोधन प्रस्ताव परिमार्जन हुने संभावना अहिले नभएको जिकिर गरे । उनले भने,‘म्याक्सिमम गर्न सक्ने भनेको यत्ति हो, यो प्रस्तावमा अब तलमाथि केही हुँदैन, अब परिमार्जन गर्ने कुरा नगर्नुहोस् ।’ महतले जसको लागि संशोधन प्रस्ताव ल्याईएको हो उनीहरुले अनरसिप सहज रुपमा लिनुपर्ने धारणा राखे । सरकार संविधान कार्यान्वयनको लागि प्रतिबद्धत रहेको भन्दै अब सबै दलहरु चुनावमा केन्द्रित हुनुपर्ने बताए ।
संशोधन प्रस्तावको विरुद्धमा एमाले लगायतका दलहरुले आन्दोलन गरिरहेको छ अब सरकारले संशोधन प्रस्ताव फिर्ता लिन्छ भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्दा यतिसम्मको प्रस्ताव आए मान्छौं भन्ने अनि अहिले विरोध गर्नु त भएन नि ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका