सुत्केरी बेथा लागेकी महिलाको मृत्युभएपछि अस्पतालमा तनाव

सुत्केरी बेथा लागेकी महिलाको मृत्युभएपछि अस्पतालमा तनाव

चितवन, मंसिर २१–
चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा सुत्केरी बेथा लागेकी महिलाको मृत्यु भएपछि अस्पतालमा विहानैदेखि तनाव सिर्जना भएको छ । मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका वडा न ७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङ हुन् ।
उनलाई सुत्केरी बेथा लागेपछि सोमबार बिहान ३:३० बजेको समयमा अस्पतालमा भर्ना गरीएको मृतककी बहिनी गोरी गुरुङले बताईन् । डेलीभरी केश नर्मल रहेको र ४/५ घण्टामा डेलीभरी हुने डाक्टरले बताएपनि दिउँसो सवा १२ बजेको समयमा अस्पतालको लापरवाहीले उनकोे ज्यान गएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरिरहेका छन् ।
उनको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ