पालुङ जेसीसको अध्यक्षमा अन्वजल प्रधान निर्वाचित

पालुङ जेसीसको अध्यक्षमा अन्वजल प्रधान निर्वाचित

थाहानगर, पौष ३-

पालुङ जेसीज वर्ष २०१७ को अध्यक्ष पदमा थाहा नगरपालिका–१, ओखरबजार निवासी अन्जल प्रधान निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको साधारण सभाबाट प्रधान निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा दुईको उमेदवारी परेता पनि विजयश्याम अमात्यले प्रधानलाई २०१७ मा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेसंगै आफ्नो उमेदवारी फिर्ता लिएपछि सहज रुपमा प्रधानले २०१७ का लागि पालुङ जेसीजको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् ।

निर्विरोध निर्वाचित भएका प्रधानले आफूले पालुङ जेसीजको नेतृत्व सम्हालिदा फरक ढंङ्गबाट कार्यगरी आफ्नो वर्षलाई स्वर्णिम वर्षको रुपमा चिनाउने बताए । सन् २००८ देखि जेसीज अभियानमा होमेका उनी वर्ष २०१५ मा उपाध्यक्ष र २०१६ का कोषाध्यक्ष हुन् । जेसीजको कार्यकारी उपाध्यक्षमा सुमन बिष्ट र विजय मल्ल, उपाध्यक्षमा जयराम के.सी., पूर्णध्वज खत्री, मनोज रायमाझी र उद्धव बिडारी निर्विरोध निर्वाचित भएका छन् ।

यस अघि कार्यकारी उपाध्यक्षमा उमेदवार दिएका कृष्णप्रसाद दाहाल र किश्वर प्रधान र उपाध्यक्षमा अनिता बिष्टले आफ्नो उमेर फिर्ता लिएको निर्वाचन आयुक्त जर्म श्रेष्ठले बताए । पालुङ जेसीजको सभाहलमा भएको पहिलो साधारण सभा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारको प्रमुख आतिथ्यता तथा पालुङ जेसीज वर्ष २०१६ का अध्यक्ष शीवकुमार खत्रीको सभाध्यक्षतामा भएको थियो । उक्त कार्यक्रम राप्रपा नेपाल थाहा नगर अध्यक्ष हरेराम कार्की जेसीज हलका लागि १ सेट सोफा दिने बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ