Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विपन्न परिवारलाई घर बनाउन रु तीन करोड – Gaule Khabar

विपन्न परिवारलाई घर बनाउन रु तीन करोड

विपन्न परिवारलाई घर बनाउन रु तीन करोड

सुरुङ्गा ९झापा०, मंसिर २३ –

जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा रु तीन करोड बजेट विनियोजन भएको छ ।

नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो जसअनुसार झापालाई रु तीन करोड बजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण कार्यालय, इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरले जनाएको छ ।

कार्यालयका इन्जिनियर सुमनकुमार मिश्रका अनुसार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको निर्णयअनुसार झापामा जनता आवास कार्यक्रम सञ्चालन हुन लागेको हो । यसअन्तर्गत चालू आवमा पाँचसय विपन्न परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत निःशुल्क घर बनाइदिन लागेको बताइएको छ जसका लागि सांसद अमृतलाल राजवंशीको संयोजकत्वमा सांसद दीपक कार्की र सांसद भक्तबहादुर विश्वकर्मा सदस्य मनोनयन हुनुभएको छ ।

विभागको निर्देशिकाअनुसार दलित, विपन्न, मुस्लिम, लोपोन्मुख र अति सीमान्तकृत समुदायलाई यस कार्यक्रममा सहभागी गराइने उल्लेख छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका