Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संसदीय प्रक्रियालाई आत्मसात् गर्नुपर्छःप्रम – Gaule Khabar

संसदीय प्रक्रियालाई आत्मसात् गर्नुपर्छःप्रम

संसदीय प्रक्रियालाई आत्मसात् गर्नुपर्छःप्रम

विराटनगर,पुष ३-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षलाई संसदीय प्रक्रियालाई आत्मसात् गरी अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनसम्बन्धी विधेयकलाई संसद्ले जति छिटो टुङ्गो लगाइन्छ, त्यति छिटो मुलुकको गतिरोध अन्त्य हुन्छ भन्नुभयो ।

“संविधान संशोधनको प्रस्तावको पक्ष र विपक्षमा संसद्मा छलफल हुन्छ र यसलाई पारित गर्ने वा परास्त गर्ने अधिकार संसद्लाई नै हुन्छ”, उहाँले भन्नुभयो, “प्रतिपक्षले गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गरी आफ्नो मत संसद्भित्रै राख्नुपर्छ, संशोधन प्रस्तावको मुख्य उद्देश्य हिमाल, पहाड र मधेसलाई जोडेर मुलुकलाई निर्वाचनमा लग्नु हो ।”
संसद्मा दर्ताको भएको संविधान संशोधनको विधेयकमा परिमार्जन हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले भाषासम्बन्धी आयोगमा केही संशोधन हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन वैशाखमा हुने बताउँदै स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले आउँदो बुधबारसम्ममा सरकारलाई प्रतिवेदन बुझाउने जानकारी गराउनुभयो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका