Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले विना पनि संविधान संसोधन हुन्छः राणा – Gaule Khabar

एमाले विना पनि संविधान संसोधन हुन्छः राणा

एमाले विना पनि संविधान संसोधन हुन्छः राणा

काठमाडौं, मंसिर १८–

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमसेरले एमाले सहमतिमा नआएपनि संविधान संसोधन हुने बताएका छन् । सकेसम्म संहमतिका लागि प्रयास हुने र नभए एमाले नआएपनि संविधान संसोधन हुने उनको दावी छ ।

मधेशवादी दलहरुले असन्तुष्ट जनतालाई देखाउनका लागि विरोध गरेको जस्तो देखिएपनि अन्ततः संविधान संसोधनमा सहमत हुने उनको दावी छ । ‘अहिले केहीहदसम्म मधेशीपार्टीले आफ्ना समर्थकलाई सम्बोधन गर्नका लागि निहुँ मात्र खोजेका हुन्’ संवाद क्लवले काठमाण्डौमा गरेको पत्रकार भेटघाटमा राणाले भने ‘नाटकिय ढंगले विरोध गरेको जस्तो देखिएको भएपनि दुई तिनवटा कुराहरुमा सामान्य हेरफेर गरेजस्तो देखाएर उनीहअरु स्विकार गरेर आउँछन् ।’

उनले पाँच नम्बर प्रदेश टुक्रिएको विरोधमा भएको आन्दोलन जनताले स्वतःस्फूर्त रुपमा विरोध गरेको नभई एमालेले भड्काएको आरोप लगाए । ‘आन्दोलन नभड्केको भए हुने त्यो जनता स्वतस्फूर्त होईन एमालेको गडबढी हो’ उनले भने ।

उनले राप्रपा आफ्नो घोषणापत्रमा २ मधेश प्रदेश हुनुपर्छ भनेकोले आफूहरु अहिलेको संसोधनको पक्षधर भएको दावी पनि गरे । अहिले संघियताको जुन मोडल भएपनि हिन्दुराष्ट्र र संघियताको विषयमा मुलुकमा एक दिन जनमत संग्रह भएरै छाड्ने उनको दावी छ । ‘१९६१ को पहिलो जनगणनामा विरलै जनगणना पाईन्थे तर अहिले ईसाईको संख्या झण्डै १० लाख छ, यो धर्म परीवर्तन गरेको कसैलाई मन परेको छैन’ उनले भने ‘देशमा हिन्दुराष्ट्र चाहिन्छ भन्नेमा काँग्रेस, एमाले र माओवादी नेताहरु पनि सहमत छन त्यसैले एक न एक दिन जनमत संग्रह हुने नै छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका