दुधकोशी सामुदायिक अस्पतालका लागि मैदेल सेरोफेरो समाजको रु‍ ६० लाख सहयोग

दुधकोशी सामुदायिक अस्पतालका लागि मैदेल सेरोफेरो समाजको रु‍ ६० लाख सहयोग

काठमाण्डौ । दुधकोशी सामुदायिक अस्पताल निर्माणका लागि करिब ६० लाख एउटै समाजले आर्थिक सहयोग गरेका छन् । मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमान्डौले अस्पतालका लागि रु ६९ लाख २२ हजार ८ सय ६२ लाख सहयोग गरेको हो ।

स्वस्फुर्तरुपमा समुह निर्माण गरि गाउँमा सञ्चालन हुने अस्पतालको लागि आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको अस्पताल सञ्चालक समितिका कोषाअध्यक्ष बलराम गुरुङले जानकारी दिए । लाउरेटोलका गणेश बहादुर गुरुङ र गोबिन्द गुरुङको नेतृत्व उक्त रकम संकलन गरि विभिन्न चरणमा अस्पताल सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन् ।

समितिका कोषाअध्यक्ष बलराम गुरुङका अनुसार आज आइतबारका दिन बाँकी रकम रु १४ लाख ८३ हजार ६४१ हजार रुपैयाँ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । सहयोग सकलनका लागि मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोलको नामबाट खोलिएको बैंक खाता समेत उक्त रकम हस्तान्तरण गरेसंगै बन्द गरिएको अभियान्ता गणेश बहादुर गुरुङले बताए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजका १०३ जनालाई खादा सहित सम्मानपत्र प्रदान गरिएको छ । एक जना व्यक्तिले १ लाख ५५ हजार सम्म आर्थिक सहयोग गरेको बताएको छ ।

थुलुङदधुकोशी गाउँपालिका अध्यक्ष रहनुभएका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माणको काम ९५ प्रतिशत पुरा भएको बताए । गाउँबस्तीका सामान्य परिवारका व्यक्ति देखि देश विदेशबाट समेत क्षमता अनुसारको सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष राईले फागुनको पहिलो हप्ता भित्र अस्पताल उद्घाटन गर्ने बताए । गाउँका नागरिकलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने उदेश्यले सञ्चालन गर्न लागिएको अस्पताल उद्घाटनको दिन जिल्लावासीकै लागि खुशीको क्षण हुने उनको भनाई छ ।

अस्पताल निर्माण सम्पन्न हुँदा सम्म करिब ३० करोड खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा यस सोही अस्पताल निर्माणका लागि सहयोगार्थ महायज्ञ समेत आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका