जबरजस्तीकरणी आरोपमा एउटै विद्यालयका प्रअ र शिक्षक पक्राउ

जबरजस्तीकरणी आरोपमा एउटै विद्यालयका प्रअ र शिक्षक पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको एक विद्यालयका प्रध्यानाध्यापक र शिक्षक जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका छन् ।

थुलुङ दुधकोशी – ९ लोखिम कुरिमा स्थित लमूडाँडा आधारभूत विद्यालयका प्रध्यानाध्यापक विनोद कुमार बस्नेत र शिक्षक राजेन्द्र कुमार बस्नेत पक्राउ परेका हुन् । उनीहरुलाई आफ्नै विद्यालयका सहकर्मी शिक्षिकालाई जबरजस्तीकरणीको आरोप लागेको छ ।

प्रध्यानाध्यापक बस्नेतले गत फागुन २६ गते जुबुमा आयोजित फुटबल प्रतियोगीतामा संयम्सेवकका लागि जाँउ भनेर आफ्नो घरमा लगेर २ दिन सम्म राखेर जबरजस्तीकरणी गरेको पिडित महिलाले प्रहरीलाई दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

अर्का शिक्षक बस्नेतलाई गत १९ फागुनमा आफ्नै कोठामा पढ्दै गरेकी महिलालाई पछाडीबाट संबेदनशील अंगमा समातेर जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ ।

प्रध्यानाध्यापक बस्नेतलाई जबरजस्तीकरणी र शिक्षक बस्नेतलाई जबरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिडित महिला २२ र ३३ बर्षका छन् । जबरजस्तीकरणीमा परेकी २२ बर्षिया महिलाको काठमाण्डौँमा उपचार भईरहेको स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका