Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नुवाकोट महोत्सवमा यसरी जुधाईयो गोरु – Gaule Khabar

नुवाकोट महोत्सवमा यसरी जुधाईयो गोरु

नुवाकोट महोत्सवमा यसरी जुधाईयो गोरु

त्रिशूली(नुवाकोट),माघ २०–

चौथो नुवाकोट महोत्सवमा आज गोरुजुधाइ कार्यक्रम गरिएको छ ।
नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन आज दर्शकले गोरु जुधाइ समेत हेर्ने अवसर पाएका छन् । जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ ।
तारुका र वेत्रावतीका एक एक हल गरी दुई हल गोरुले डेढ घन्टा जुधेर दर्शकलाई मनोरञ्जन प्रदान गरेक थिए । तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ तथा तारुकाका विष्णुलाल श्रेष्ठ र वेत्रावतीका चन्द्रबहादुर डङ्गोलको गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठको गोरुले जितेका थिए । विजेता गोरुधनीलाई रु १०–१० हजार र पराजित गोरुधनीलाई पाँच–पाँच हजार प्रदान गरिएको सङ्घका महासचिव दीपक कायस्थले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ