Gaule Khabar
शुक्रबार, साउन २७, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य परीक्षण

महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य परीक्षण

काठमाण्डौ । चेम्बर अफ कर्मसको आयोजनामा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । महोत्सवस्थलको सचिवालयमा तुलसीपुर मेट्रो अस्पतालले हेल्प डेस्क राखेर निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।

हालसम्म ३०० बढीले स्वास्थ्य सेवा लिएको स्वास्थ्यकर्मी कमला पुरीले जानकारी दिए । उनका अनुसार जसमा १४६ ले प्रेसर र १२४ ले सुगर जाँच गराएका छन् । त्यस्तै छ जनाले घाउ सरसफाइ र १८ जनाले अन्य सेवा लिएका छन् । महोत्सवमा आउने नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यही पुस २ गतेदेखि स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।

उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पुस १ गतेबाट सुरु भएको महोत्सव १२ गतेसम्म सञ्चालन हुनेछ । रु पाँच करोड आर्थिक कारोबार गर्ने तथा तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा लिइएको तुलसीपुर महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिए ।

तुलसीपुरको बरुवा गाउँमा सञ्चालित महोत्सवमा बुधबार करिब दश हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवभित्र २०० व्यापारिक कक्ष राखिएका छन् । तीमध्ये २० कक्षमा कृषि सामग्री राखिएका छन् । महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्ना प्रस्तुतिले दर्शकलाई मनोरञ्जनसमेत दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ