कृषि उपज बजारीकरणका लागि थुलुङ दुधकोशी र रैथाने एग्रो प्रडक्टसबीच एमओयू

कृषि उपज बजारीकरणका लागि थुलुङ दुधकोशी र रैथाने एग्रो प्रडक्टसबीच एमओयू

काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले रैथाने उत्पादनलाई थप व्यवसायीक बनाउने र बजारको समेत व्यवस्थापन गर्ने उद्वेश्याले रैथाने एग्रो प्रडक्टस् नेपालसंग सम्झौता (एमओयूं) गरेको छ । आज शनिबार काठमाडौंको दरवारमार्गस्थित ओरियन्ट क्याफेमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राई र रैथाने एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार रैथाने एग्रो प्रडक्टस् नेपालले थुलुङदुधकोशी गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन हुने आलु लगायत विभिन्न तरकारी तथा नगदेबालीहरुको वृहत उत्पादनमा कृषकहरुलाई तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ । उत्पादित बस्तुलाई बजारीकरणका लागि गाउँपालिकासंग समन्वय गर्ने, त्यहाँ उत्पादित बस्तुहरु खरिद गरि विक्री वितरण गर्ने जस्ता कार्य पनि दुई पक्ष बीच भएको सम्झौतामा उल्लेख गरिएको छ ।

थुलुङदुधकोशी गाउँपालिकाको उत्पादन दरवारमार्गकै ओरियन्ट क्याफेमा हाट बजारको रुपमा विक्रीमा राखिएको छ । हरेक शनिबार विहान ६ बजे देखि १२ बजेसम्म क्याफेको हलमा बजार लाग्नेछ । जहाँ आलु, सागसब्जीदेखि रैथाने गेडागुडी, दाल, अचार, सातु, पीठोहरु उपलब्ध छन् । गाउँपालिकाले कृषकसंग संकलन गरि काठमाडौँ ल्याएर रैथाने एग्रो प्रडक्टस् नेपालसंग विक्री गर्दै आएको छ । ढुवानी खर्च गाउापालिकाले नै व्यहोर्ने भएकाले सोलुकै मुल्यमा (खुला बजारभन्दा सस्तो) विक्री भइरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
गाउँको कृषि उपजलाई काठमाडौंसम्म ढुवानीका लागि थुलुङदुधकोशीले कृषि एम्बुलेन्स खरिद गरेको छ । उक्त सवारी साधनले कृषकको घरघरमै गएर कृषकको उत्पादन संकलन गरि काठमाडौं ल्याउने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका