Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विराटनगरमा पनि तरलता संकट : उद्योगीले ऋण पाउनै छाडे – Gaule Khabar

विराटनगरमा पनि तरलता संकट : उद्योगीले ऋण पाउनै छाडे

विराटनगरमा पनि तरलता संकट : उद्योगीले ऋण पाउनै छाडे

विराटनगर,माघ २० –
बैंकहरुमा देखिएको तरलता संकटका कारण विराटनगरमा पनि बैंकहरुले कर्जा प्रवाह गर्न छाडेका छन्। तरलता संकटको कारण देखाउँदै कर्जा प्रवाह गर्न छाडेपछि बैंकबाट ऋण लिने उद्योगी व्यवसायीहरु समस्यामा परेका छन्। बैंकहरुले कर्जा नदिँदा उद्योगी व्यवसायीहरु अन्यौलग्रस्त बनेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए।

‘तरलताका कारण ऋण लिने र लगानी गर्न समस्या भएको छ,’ उपाध्यायले भने, ‘मजदुरको तलब भत्ता भुक्तान गर्नपनि समस्या देखिन थालेको छ।’ साना बचत तथा ऋणको कारोबार गर्ने माइक्रोफाइनान्सदेखि केही ठूला बैंकले पनि ऋण दिन छाडेका उद्योगी व्यवसायी बताउँछन्। उपाध्यायले भने, ‘बैंकबाट ऋण लिनै समस्या भइरहेको बेला कतिपय बैंकले ब्याजदर १२ देखि १४ प्रतिशतसम्म पुर्‍याउँदा झनै समस्या भयो।’ सप्तकोशी डेभलपमेन्ट बैंकका निर्देशक बलराम बरालले सरकार र राष्ट्र बैंककै कारण बैंकहरुमा तरलता संकट देखिएको बताए। ‘सरकारी बजेट खर्च नहुनु, भारतीय नोटबन्दीको उचित हल नहुनु र शेयरमा अत्याधिक लगानीका कारण समस्या बढेको देखिन्छ,’ बरालले भने, ‘सरकारले समयमा बजेट निकासा गर्नुपर्‍यो, राष्ट्र बैंकले तरलता हल गर्नका लागि तीन महिनाको लागि नोट दिनुपर्‍यो, एक हप्ताका लागि दिएर भएन।’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकमा तरलता संकट देखियो भन्नु निराधार रहेको दावी गर्छन् ‘बैंक तथा वित्तीय संस्थाले निक्षेप र अधिकृत पुँजीको औसतको ८० प्रतिशत भन्दा बढी गर्न नपाउने नियम लगाएको छ,’ पौडेलले भने, ‘क्षमता भन्दा धेरै कर्जा प्रवाह गरेर पुँजी जोखिममा पार्ने अवस्थाका कारण सीसीडी रेसियो कायम गरेको हो।’

बैंकहरुले सोही कारण देखाएर अनावश्यक हल्ला गरेको पौडेलको दाबी छ। यता बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा भने मुद्रा अभावको समस्या नरहेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले बताए। ‘सहकारीमा अहिलेसम्म आर्थिक तरलताको समस्या देखिएको छैन,’ पोखरेलले भने, ‘सानो सानो पुँजीको लगानी गर्ने र नियमित किस्ता आउने भएका कारण समस्या देखिएको छैन।’ पोखरेलका अनुसार ठूलो रकम लगानी गर्न खोज्ने सहकारीलाई समस्या भएपनि सानो पुँजी संकलन गर्ने र कारोबार गर्ने सहकारीका लागि कुनै समस्या नभएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ