Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गुल्मी पाँचौ दिन पनि बन्द, जनजीबन कष्टकर – Gaule Khabar

गुल्मी पाँचौ दिन पनि बन्द, जनजीबन कष्टकर

गुल्मी पाँचौ दिन पनि बन्द, जनजीबन कष्टकर

गुल्मी,मंसिर १९ –

 

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गरिएको बन्दले गुल्मीको जनजीबन कष्टकर बनेको छ । संशोधन प्रस्ताव फिर्ता नलिने भन्दै गरिएको बन्द आइतबार पाँचौ दिन हो ।

बन्दको क्रममा मोटरसाइकलसमेत चल्न दिइएको छैन । बन्दको अवज्ञा गरेकाले तम्घासबाट ९ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको अनेरास्ववियु गुल्मीका सहसंयोजक शोभाखर गिरीले बताए ।

जिल्ला बन्द गराउँदै आएको संयुक्त संघर्ष समितिले आइतबार सदरमुकाम तम्घासमा मसाल जुलुस निकाल्दै छ । आन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनीतिक दल, बिभिन्न विद्यार्थी संगठन लगायत स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा एक घण्टा धर्ना दिए । आन्दोलनकारीले सरकारी कार्यालयमा धर्ना दिएपछि बजारमा प्रदर्शन समेत गरेका छन् ।

बन्दकर्ताले बिहानैदेखि बन्द गराउँदै हिँड्नाले जिल्ला सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका जनताको दैनिकी कष्टकर बनेको छ । मुख्य बजार, यातायातका साधन, कलकारखाना बन्द छन् । परीक्षा सञ्चालन भइरहेको भन्दै शैक्षिक संस्थाहरु भने बन्द गराइएको छैन ।

बन्दकर्ताले तम्घासका बिभिन्न ठाउँमा टायर बालेर सरकारविरुद्ध नाराबजी गर्दै प्रदर्शन गर्दै आएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका